ईश्वर र सुरेन्द्र पराजित भएपछि योगेशले के भने ?


काठमाडौं, ३ पुष । नेकपा (एमाले) का प्रभावशाली नेता तथा ११औं महाधिवेशनमा उपमहासचिवमा निर्वाचित योगेश भट्टराईले पार्टी सदस्य तथा आम जनसमूदायको निगरानी र परीक्षामा सदा रहिरहने विश्वास दिलाएका छन् ।

उनले अध्यक्षमा पराजित ईश्वर पोखरेल र महासचिवमा पराजित सुरेन्द्र पाण्डेको इमान, निष्ठा र साहसको उच्च सम्मान गर्दै सलाम गरेका छन् । टीमका सम्पूर्ण कमरेडहरुको एकता र सहकार्यप्रति आभारी रहेको पनि उनले उल्लेख गरेका छन् ।

उनले लेखेका छन्-

कमरेड ईश्वर पोखरेल
कमरेड सुरेन्द्र पाण्डे
तपाईंहरुको इमान, निष्ठा र साहसको उच्च सम्मान सहित सलाम गर्दछु । टीमका सम्पूर्ण कमरेडहरूको एकता र सहकार्यप्रति आभारी छु । सम्पूर्ण प्रतिनिधि सहित पार्टीका तमाम कमरेडहरूमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु । पार्टी सदस्य तथा आम जनसमुदायको निगरानी र परिक्षामा सदा रहिरहने छु । धन्यवाद