गुनासो पार्टी फोरममा राख्न ओलीको निर्देशन


काठमाडौं, ४ पुष । नेकपा (एमाले) ले नवनिर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठक आगामी पुस २७ देखि २९ गते बस्नेगरि बोलाएको छ । आज बसेको बैठकमा महासचिव शंकर पोखरेलल दोस्रो बैठक यही पुषको २७ देखि २९ गते बस्नेगरि बोलाउने प्रस्ताव गरेका हुन् ।

आजको बैठकमा सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले ११औं महाधिवेशनपछि पार्टीमा गुट समाप्त भएको भन्दै केही गुनासो भए नेतृत्वसमक्ष पोख्न भनेका छन् । उनले पार्टी र नेतृत्वविरुद्ध बाहिर गएर नबोल्न निर्देशन दिएका छन् ।