श्रममन्त्री भण्डारीलाई खानेपानी मन्त्रालयको जिम्मा


काठमाडौं, ४ पुष । श्रममन्त्री राजेन्द्रसिंह भण्डारीलाई खानेपानी मन्त्रालयको पनि जिम्मेवारी तोकिएको छ । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिशमा मन्त्री भण्डारीलाई यो जिम्मेवारी प्रदान गरिएको हो ।

राष्‍ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा गत भदौ २७ गते गठित मौजुदा मन्त्रिपरिषद्‌मा प्रधानमन्त्रीले सम्हाली आएको खानेपानी मन्त्रालयको कार्यभार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले सम्हाल्ने गरी तोकेका छन् ।

Skip This

Omoda E5 Pro