काठमाडौं, ५ पुष । रास्वपाका सभापति रवि लामिछाने हिजोमात्रै रिहा भएका छन् । उनी आज सार्वजनिक कार्यक्रममा सरिक हुने भएका छन् । पार्टीले आज भरतपुरको चौबीसकोठीमा कार्यक्रम राखेको छ। सभापति लामिछानेले सो कार्यक्रमलाई सम्बोधन गर्ने भनिएको छ ।
सहकारी ठगी प्रकरणमा पूर्पक्षमा थुनामा रहेका लामिछाने हिजोमात्रै ३ करोड ७४ लाख धरौटी बुझाएर रिहा भएका थिए। उनी बुटवलबाट स्थलगमार्ग हुँदै चितवन पुगेका थिए । आज चितवनको कार्यक्रम सम्पन्न गरेर उनी सिधै काठमाडौं आउने बताईएको छ । पार्टी मुख्यालय घण्टीघरमा भने उनी भोलि जाने तय भएको छ ।
रास्वपाले २१ फागुनमा तोकिएको प्रतिनिधिसभाको निर्वाचनको लागि तयारी गरिसकेको छ । सभापति लामिछानेले आज चितवनमा गर्ने सम्बोधनले चुनावप्रति रास्वपाको आधिकारिक तयारी वा के हो भन्ने कुरा प्रष्ट पार्ने चर्चा छ ।




प्रतिक्रिया