मधेश प्रदेशको सभामुखमा यादव निर्वाचित


काठमाडौं, ६ पुष । मधेश प्रदेश सभाको सभामुखमा रामअशिष यादव निर्वाचित भएका छन् । उनी उपेन्द्र यादव नेतृत्वको जसपा नेपालका सांसद हुन् ।

आज (आइतबार) भएको निर्वाचनमा सातदलीय गठबन्धनका तर्फबाट यादव निर्वाचित भएका हुन् । ९६ सांसद उपस्थित भएको मतदानमा यादवको पक्षमा ७२ जना सांसदले मत हालेका हुन् ।