राजसंस्था फर्किन सक्छ भन्ने पूर्वराष्ट्रपतिको अभिव्यक्ति उदेक लाग्दो : प्रदीप ज्ञवाली


काठमाडौं, पुस ७ । नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले राजसंस्था फर्किन सक्छ भन्ने पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको अभिव्यक्ति उदेक लाग्दो भएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमार्फत ज्ञवालीले भण्डारीको अभिव्यक्तिबारे टिप्पणी गरेका हुन् । नेता ज्ञवालीले लेखेका छन्, ‘पूर्वराष्ट्रपतिज्यूले राजतन्त्र पुनस्र्थापना हुन सक्छ भनेर दिएको अभिव्यक्ति सुन्दा उदेक लाग्यो । आफैं उभिएको धरातलप्रतिको विश्वास किन धरमराएको होला ?’

प्राईम टेलिभिजनमा पत्रकार ऋषि धमलालाई अन्तर्वार्ता दिने क्रममा पूर्वराष्ट्रपतिले आगामी राजनीतिबारे कुरा गर्दै सम्भावना जे पनि हुनसक्ने बताएकी थिइन् । त्यस सन्दर्भमा राजसंस्था पुनस्र्थापनाको सम्भावना पनि रहेको बताएकी थिईन् ।

यो अभिव्यक्तिले आँखा बिझाएको उनले टिप्पणी गरेका छन् यसका साथै उनले एमाले महाधिवेशनपछि भएको छुट्टै भेलालाई पनि आँखा बिझाउने दृश्यका रुपमा टिप्पणी गरेका छन् ।