आई लभ यू !


लघुकथा

प्रा.डा. विदुर चालिसे

लिङ्ग एउटा थियो । उसलाई तेस्रो लिङ्गी भनिन्थ्यो । जब रेलको क्याबिनमा म उक्लन्थेँ । उसको भावपूर्ण निकटताले बतास उड्थ्यो । सुन्दरता, शालिनता, भद्रता र मायाका लजालु स्वरूप ओस्ताजका झैं मधुर वाणी अनि नागिन नृत्यका लहर देखिन्थ्यो । मेरो कपाल फुलेको देखेर हो वा झरिलो अनुहार देखेर हो– उसले एक सासमा अमिलो अनुहारका साथ भन्यो ।
‘हजुर त मलाई खुब मन पर्छ !’

मजस्तो पहिलो लिङ्गीको नाक एकाएक सतहबाट सगरमाथाझैं उठ्यो । उठेको नाक लिएर वरपर सबैतिर जब हेरेथेँ– यात्रा सफल हुने विश्वास जाग्दै गयो । अग्लो शिखरबाट जब बादलका लर्काहरू छेउछाउतिर उडिरहेका हुन्थे । सुसाएझैँ भाषामा भन्थे ।
‘अवसरको यात्रा हाम्रै हो ।’
तेस्रो लिङ्गीको हाउभाउ, चञ्चलता, मस्किलो मुस्कान, चम्किलो मृगनयनी हेराइ तथा फुसफुस उडेको सुगन्धको लयमा उसले मछेउ आएर भन्यो ।
‘हजुरको मलाई कस्तो माया लाग्छ !’
‘कस्तो माया ?’
‘मुटुभरिको नि !’
तेस्रो लिङ्गीको सुगन्धको आकर्षणमा मेरो अँगालो झ्याप्पै उसको काँधमा पुग्यो । दुवैका आँखा आपसी हेराहेरमा मोहित भए । उसले मेरो गालामा एक चुप्पा हान्यो । मैले पनि त थाम्न सकिनँ । अर्काे दुई चुप्पा उसको निधारमा गरेँ । मेरो हात कसो÷कसो उसको छातीमा जब पुगेथ्यो । मेरो इमोशनको चक्रवात एकाएक खत्र्याकखुत्रुक भएर शिथिल भयो । मैले उसलाई आँखा तरेर सोधेँ ।
‘खै छाती त छैन ! कसरी चलाउनु जिन्दगी !’
तेस्रो लिङ्गीलाई अप्ठेरो प¥यो । सबै आफ्नो भेद खोल्न उसलाई निकै गाह्रो भयो । अन्कनाई अन्कनाई उसले सफाइ दियो ।
‘खासमा म दोस्रो लिङ्गी हुँ के बड्डा !’
मेरो नौ नाडी गलेर आयो । आवेश, उत्तेजना र शक्तिले प्रफुल्लता फेरि प्रकट हुन थाल्यो । फेरि उसलाई आँखै÷आँखाले सोधेँ ।
‘दोस्रो लिङ्गी भए खै त छातीको उचाई !’
तेस्रो लिङ्गीको नटखटले नयाँ दृश्य दियो । उसले हतपत आफ्नो छातीमाथि बिच्छ्याएर राखेको दुई पोके बेलुन फुकेर पुष्ट बनायो । मेरो हातमा उसको छातीको तरङ्ग परावर्तन भयो । म उत्तेजनाले चिच्याउन थालेँ
‘क्रान्तिका मेरा सहयोद्धाहरू !’
विस्मृत भावमा उज्यालो देख्न थालेँ । वरपर मेरा अगाडि डान्सिङ लाइटहरू झिमझिम गरिरहेका थिए । निकै मोहक दृश्यको घेरामा मेरा आगामी यात्राको मताव, दिमागदेखि चड्किरहेको थियो । तेस्रो लिङ्गीको भ्रम र यथार्थको दिग्भ्रममा पाइला अगाडि बढाउँदै म लम्किरहेको थिएँ । सबैतिरबाट करतल ध्वनिका साथ तालीमा मेरो जय जय गान हलमा उडिरहेको थियो ।
‘आई लभ यू बा ! आई लभ यू बा !!’
जब लिङ्ग परिवर्तन गर्ने समय आउने गथ्र्याे । तब पहिलो र दोस्रो लिङ्गीहरू निकै हताश हुन्थे । तेस्रो लिङ्गीहरूका भिडमा चिच्याएर खुब रुन्थेँ र भन्थेँ ।
‘ममात्रै हो, शक्तिपीठ !’