इस्लामाबाद, ७ पुस । पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तूनख्वा प्रान्तमा दुई अलग–अलग खुफिया आधारित सुरक्षात्मक अपरेशनमा नौ आतङ्कवादी मारिएका पाकिस्तान सेनाले आइतबार जनाएको छ ।
पाकिस्तानी सेनाको सञ्चार विभाग (आईएसपीआर) का अनुसार, डेÞरा इस्माइल खान जिल्लामा भएको गोलीबारीमा चार आतङ्कवादी मारिएका थिए भने बान्नु जिल्लामा भएको अर्को अपरेशनमा पाँच आतङ्कवादी मारिएका थिए । यी दुबै अपरेशन डिसेम्बर १९ गते सम्पन्न भएका थिए ।
आईएसपीआरले जारी गरेको विज्ञप्तिमा मारिएका आतङ्कवादीहरूसँग विभिन्न प्रकारका हतियार र गोला–बारूद बरामद गरिएको उल्लेख छ । ती आतङ्कवादीहरू सुरक्षा बल, कानुन प्रवर्तन निकाय र सर्वसाधारणमाथि आक्रमणमा संलग्न थिए ।
सुरक्षा बलहरूले बाँकी आतङ्कवादीहरूलाई निश्तेज पार्न र थप आक्रमण रोक्न क्षेत्रभरि सफाइ अपरेशनहरू जारी राखेका छन् । रासस




प्रतिक्रिया