द ब्रिटिश कलेजसँग सम्बन्धित घटनाप्रति नेविसंघको गम्भीर ध्यानाकार्षण, प्रतिनिधि रुपमा उपाध्यायलाई फिल्डमा खटायो


काठमाडौं, ७ पुष । नेपाल विद्यार्थी संघले काठमाडौंस्थित् द ब्रिटिश कलेजले हस्पिटालिटी बिजनेस म्यानेजमेन्ट लगायतका शैक्षिक कार्यक्रमहरु अवैध रुपमा सञ्चालन गरेको, विद्यार्थीहरुबाट अत्यधिक शुल्क असुल गरेको, एउटै कार्यक्रमअन्तर्गत फरक फरक पाठ्यक्रम लागु गरेको तथा भर्ना गरिएका विद्यार्थीहरुलाई अलपत्र पारेको घटनाप्रति गम्भीर ध्यानाकार्षण भएको जनाएको छ ।

संघको कार्यवाहक अध्यक्ष सञ्जिब खड्काले आज एक विज्ञप्ति जारी गर्दै उक्त घटनाप्रति गम्भीर ध्यानाकार्षण भएको जनाएका हुन् । उक्त विषयमा सम्वादमार्फत समस्या समाधान खोज्नुको सट्टा विद्यार्थीहरुलाई धम्की दिने, मानसिक दबाब सिर्जना गर्नेजस्ता कार्य गर्नु अत्यन्तै निन्दनीय भएको नेविसंघको ठहर छ ।

जारी विज्ञप्तीमा भनिएको छ,‘विदेशी विश्वविद्यालयमा सम्बन्ध प्राप्त कलेजहरुले लामो समयदेखि नेपालमा शैक्षिक कार्यक्रम, भर्ना संख्या, शुल्क संरचना तथा स्कलरसिपका नाममा लुट र अनियमितता गर्दै आएको गुनासो व्यापक रुपमा उठ्दै आएको छ । यस विषयमा सम्बन्धित कलेजमाथि तत्काल छानबिन गरि आवश्यक कारबाही गर्न नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग नेपाली विद्यार्थी संघ जोडदार माग गर्दछ । साथै, पीडित विद्यार्थीहरुको शैक्षिक तथा प्रशासनिक समस्या अविलम्ब सम्बोधन गर्न कलेज प्रशासनसँग नेपाली विद्यार्थी संघ जोडदार माग गर्दछ ।’

नेविसंघले ब्रिटिश कलेजसँग सम्बन्धित विषयमा अध्ययन, समन्वय तथा परामर्शको लागि संघको तर्फबाट मातृका प्रसाद उपाध्यायलाई प्रतिनिधि तोकेर खटाएको छ । उपाध्यायलाई पुष १० गतेभित्र नरायसुझाव तथा प्रतिवेदन पेश गर्न समयावधि तोकेको छ ।

Skip This

Omoda E5 Pro