काठमाडौं, ७ पुष । प्रधानमन्त्री सुशीला कार्कीले दलहरुलाई निर्वाचनको लागि वातावरण बनाउने कुरामा गम्भीर हुन आग्रह गरेकी छिन् । उनले निर्वाचनलाई परिवर्तनको मार्गको रुपमा लिन र संकटको घडीको रुपमा नलिन दलका नेताहरुलाई आग्रह गरिन् ।
आज (सोमबार) सिंहदरबारमा आयोजित दलहरसँगको अन्तरक्रियामा प्रधानमन्त्री कार्कीले सरकार निर्वाचन गराउने दिशातर्फउन्मुख रहेको भन्दै सहयोग गर्न आग्रह गरेकी छिन् । उनले अहिले आफू नेतृत्वको सरकारलाई दलका नेताहरु, जेनजी सबैले अचानो बनाएको भन्दै गुनासो पनि पोखिन् ।
तर, सबै आक्षेप खेपेर पनि चुनाव गराउन तयार रहेको उनको प्रतिक्रिया छ । उनले निर्वाचनको लागि सबै दलहरुबीच अभुतपूर्व एकता भए कसैले पनि वातावरण बिथोल्न नसक्नेतर्फ पनि ध्यानाकार्षण गराईन् ।




प्रतिक्रिया