काठमाडौं, ८ पुष । प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न राजनीतिक दलहरुसँग सम्वादको लागि सरकारमा सहभागी तीन जना मन्त्रीहरुको सहभागितामा राजनीतिक सम्वाद समिति गठन गरेकी छिन् । उनीहरुले आजबाट सक्रियता बढाएका छन् । एमाले, नेकपा र कांग्रेसको मुख्यालय पुगेर ती दलका नेताहरुसँग सम्वाद थालेका छन् ।
उनीहरु सुरुमा एमाले मुख्यालय च्यासलमा पुगेका थिए । उनीहरुले सुरुमा ती दलमा भएको भौतिक क्षतिको अवलोकन गरेका थिए । लगत्तै, दलका नेताहरुसँग सम्वाद गरेका छन् । २१ फागुनमा तोकिएको प्रतिनिधिसभाको निर्वाचनको लागि सरकारले सबै तयारी थालिसकेको छ ।
दलहरुलाई विश्वासमा लिनको लागि सरकारले निरन्तर सम्वाद तथा छलफल पनि जारी राखेको छ । सरकारको तर्फबाट गठित सम्वाद समितिको संयोजकको भूमिकामा कानूनमन्त्री अनिलकुमार सिन्हा तोकिएका छन् । सदस्यको रुपमा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार अजयभद्र खनाल र सञ्चारमन्त्री जगदीश खरेल पनि छन् ।













प्रतिक्रिया