काठमाडौं, ८ पुष । भाद्र २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२ ले जाँचबुझको सिलसिलामा अनुसन्धानको दायरामा रहेका पूर्व गृहसचिव गोकर्णमणि दुवाडी, नेपाल प्रहरीका पूर्व महानिरीक्षक चन्द्रकुवेर खापुङ र काठमाडौं जिल्लाका पूर्व प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको विदेश भ्रमण रोक्का लगाउने र आयोगको स्वीकृतिबेगर काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था फुकुवा गर्ने निर्णय गरेको छ ।
सचिवालयको तर्फबाट आज उपसचिव कमल प्रसाद पाण्डेले जारी गरेको विज्ञप्तिमार्फत यो कुरा जानकारी गराईएको छ । आयोगले तीनै जनासँग यसअघि नै बयान लिईसकेको छ ।
आयोगले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत स्थानहद लगाएको छ । एमालेले भने आयोगको उक्त निर्णयको विरोध जनाउँदै आएको छ । आज सरकारी राजनीतिक सम्वाद समितिका सदस्यहरुसँगको भेटवार्तामा एमाले नेताहरुले यो विषय उठाएका थिए । सो क्रममा सरकारी प्रतिनिनिधहरुले नेताहरुलाई लगाईएको स्थानहद फुकुवा गर्नसकिने जवाफ दिएका छन् । file photo





प्रतिक्रिया