नेकपा (माओवादी) का नेताले भेटे राष्ट्रपतिलाई, बुझाए १३ बुँदे ज्ञापनपत्र


काठमाडौं, ९ पुष । नेकपा (माओवादी) का नेताहरुले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर ज्ञापनपत्र बुझाएका छन् । महासचिव नेत्रविक्रम चन्दको नेतृत्वमा आज शितलनिवास पुगेर सो दलका नेताहरुले राष्ट्रपति पौडेललाई भेटेका हुन् ।

उनीहरुले बुझाएको ज्ञापनपत्रमा वर्तमान सरकार भंग गरी सर्वपक्षीय सरकार गठनको माग गरिएको छ । यसअघि नै सो दलले विभिन्न १३ बुँदे माग सार्वजनिक गरेको थियो । ती माग आगामी १० दिनभित्र पूरा हुनुपर्ने नेकपा (माओवादी) को अल्टिमेटम छ ।

यस्तो छ राष्ट्रपतिलाई बुझाएको ज्ञापनपत्र