आज देशभर पश्चिमी वायुको आंशिक प्रभाव


काठमाडौं, १० पुस । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण हाल कोशी प्रदेशमा आंशिक बदली रहेको छ । तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशका तराई भू-भागमा हुस्सु/कुहिरो रहनेछ । कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहने छ । यस्तै आज राति तराई भू-भागमा हुस्सुरकुहिरो रहनेछ ।