वीरेन्द्र साहले जनमत पार्टी छाडे, आजपा प्रवेशको घोषणा


काठमाडौं, १० पुष । जनमत पार्टीका नेता विरेन्द्र साहले पार्टी परित्याग गरेका छन् । उनी प्रभु साह नेतृत्वको आम जनता पार्टीमा प्रवेश गरेका हुन् । साहले फेशबुकमार्फत आज आफूले जनमत पार्टीबाट राजीनामा दिएको जानकारी गराएका छन् ।

उनले भनेक छन्,‘सबैमा नमस्कार ! जनमत पार्टीको साधारण सदस्य समेत नरहने गरी आजकै मितिबाट यसै फेसबुक पोस्टमार्फत राजीनामा दिएको विषय सबै सरोकारवालामा जानकारी गराउन चाहन्छु । साथै, देशमा राष्ट्रियता,लोकतन्त्र र अर्थतन्त्र बचाउन क्रियाशिल नेपाली जनताको आशा एवं भरोसाको केन्द्र आम जनता पार्टीमा आबद्ध भएर काम गर्ने प्रतिबद्धता सहितको घोषणा समेत गर्दछु । धन्यवाद !’

साहले ०७९ को निर्वाचनमा सिराहा–४ बाट उम्मेद्वार थिए । उनी दोस्रो भएका थिए । साहले १६ हजार २९४ मत ल्याएका थिए । साहले यो बीचमा आजपाका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहसँग भेटवार्ता गरेका थिए ।