काठमाडौं, ११ पुस । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तारको तयारी गरेकी छन् । प्रधानमन्त्री कार्कीले नेपाली सेनाका पूर्व रथी बबालानन्द शर्मालाई परराष्ट्रमन्त्री नियुक्त गर्न लागेको बताइएको छ ।
माओवादी लडाकु समायोजन समितिमा रहेर र कोभिड संकटको बेला सीसीएमसीमा समेत काम गरिसकेका शर्मालाई प्रधानमन्त्री कार्कीले परराष्ट्रमन्त्री बनाउन लागेकी हुन् ।
शर्मालाई आज दिउँसो २ बजे मन्त्री पदको शपथ खुवाइने कार्यक्रम रहेको बताइएको छ । शर्माको नियुक्तिसँगै प्रधानमन्त्रीको मन्त्रिपरिषद् १५ सदस्यीय बन्ने भएको छ ।




प्रतिक्रिया