काठमाडौं, ११ पुस । प्रधानमन्त्री सुशीला कार्कीले पाँचौंपटक मन्त्रिपरिषद् विस्तार गरेकी छन् । आज (शुक्रबार) विस्तार भएको मन्त्रिपरिषद्मा बालानन्द शर्मा परराष्ट्रमन्त्री नियुक्त भएका छन् । शर्माले पद तथा गोपनीयताको शपथसमेत लिइसकेका छन् ।
नवनियुक्त परराष्ट्रमन्त्री शर्मा नेपाली सेनाका पूर्व रथी हुन् । उनी माओवादी शान्ति प्रक्रियामा आएपछिको सेना समायोजन विशेष समितिका संयोजकसमेत थिए ।




प्रतिक्रिया