काठमाडौं, १२ पुस । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टीको १५औं महाधिवेशन पुस २६ गतेबाट सुरु हुने सम्भावना नरहेको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै डा.कोइरालाले पुस २६ गतेबाट महाधिवेशन सुरु हुन्छ भन्नेमा आफूलाई विश्वास नरहेको बताएका हुन् । उनले महाधिवेशनको मिति अलिदिन सर्ने बताए ।
‘कांग्रेसको महाधिवेशनको मिति अलिदिन सर्छ । मलाई लाग्दैन पुस २६ मा हुन्छ । अहिले नयाँ क्रियाशील फर्म भरिँदैछ । दुई चार दिन समय लाग्छ । १६ गतेदेखि वडाको अधिवेशन भनेको थियो, त्यसलाई सार्नुपर्ने हुन्छ । अलिकति सारेर के फरक पर्छ । देशको चुनाव सर्न सक्ने देश, नेपाली कांग्रेसको महाधिवेशन दुई चार दिन सर्दैमा के हुन्छ ?’ प्रश्न गर्दै उनले भने ।
साथै, उनले आफू विशेष महाधिवेशनको पक्षमा नरहेको बताए । महामन्त्रीज्यूहरुलाई क्रियाशीलको जिम्मेवारी दिइएको छ । त्यो पूरा त गर्नुपर्यो नि पहिला ? अनि न अगाडि बढ्ने हो ।




प्रतिक्रिया