काठमाडौं, १५ पुस । नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि समानुपातिक उम्मेदवारतर्फ ११० जनाको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ ।
हिजो (सोमबार) पार्टी सभापति शेरबहादुर देउवाको डिजिटल हस्ताक्षरलाई आयोगले मान्यता नदिँदा कांग्रेसले बन्दसूची आयोगमा बुझाउन पाएको थिएन । आज (मंगलबार) ढिला गरी आयोगमा बन्दसूची बुझाइएको हो ।
पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार कांग्रेसकातर्फबट ११० जनाको नाम आयोगमा बुझाइएको छ । बन्दसूचीमा २०६४ देखिका समानुपातिक सांसदहरूलाई समावेश गरिएको छैन ।




प्रतिक्रिया