काठमाडौं, १६ पुस । गृहमन्त्री ओमप्रकाश अर्यालले सुशासनका लागि आवधिक निर्वाचनको आवश्यक रहेको बताएका छन् । कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले तोकिएको मितिमा निर्वाचन हुने हो भने देश थप अस्थिरतातर्फ धकेलिन सक्ने बताए ।
निर्वाचनको कार्यतालिका सार्वजनिक भइसकेको र समानुपातिकतर्फको नामावलीसमेत निर्वाचन आयोगमा पेश भइसकेको उल्लेख गर्दै मन्त्री अर्यालले अब चुनावको वातावरण बन्ने विश्वास व्यक्त गरे । फागुन २१ को चुनावी वातावरण बनाउन सरकार तल्लीन रहेको पनि उनले बताए ।
मन्त्री अर्यालले सरकारका ध्यान सत्तामा टिकिरहने नभइ निर्वाचनमार्फत निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्नेतर्फ केन्द्रीत रहेको पनि बताए । उनले भने, ‘सरकारको ध्यान सत्तामा टिकिरहने नभई निर्वाचनमार्फत निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्नेतर्फ केन्द्रित छ ।’
गृहमन्त्री अर्यालले जेन–जी आन्दोलनपटिको असहज परिस्थितिलाई सामान्यीकरण गर्न र सुरक्षाको प्रत्याभूति दिलाउन सरकार सफल भएको दबी गरे ।




प्रतिक्रिया