काठमाडौं, २० पुष । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको नयाँ दिल्लीमा आयोजना हुने ‘एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रम’मा सहभागी हुन आज साँझ त्यहाँ पुगेका छन् ।
नेपाली समाज भारतको आयोजनामा भोलि (सोमबार) हुने उक्त कार्यक्रममा उनी सहभागी हुने दाहालको सचिवालयले जनाएको छ । नेपाली समुदायबिच आपसी सद्भाव, सहकार्य र साझा भविष्यप्रतिको प्रतिबद्धतालाई अझ सुदृढ बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको नेपाली समाजका महासचिव आरबी खड्काले जानकारी दिए ।
संयोजक दाहालले त्यस कार्यक्रममा नेपाली समुदायका साझा सरोकार, नेपाल–भारत सम्बन्ध, प्रवासी नेपालीका समस्या र अवसरका साथै एकता र सहकार्यबारे समसामयिक सन्देश प्रदान गर्ने सचिवालयले जनाएको छ । दाहाल सोमबार साँझ नेपाल फर्कने कार्यक्रम छ ।
संयोजक दाहालसँग उनकी छोरी गंगा दाहालपनि सँगै दिल्ली भ्रमणमा छिन् । जेनजी आन्दोलनपछि दाहालको यो पहिलो विदेश भ्रमण हो । यसअघि उपचारको लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सिंगापुर पुगेका थिए । file photo




प्रतिक्रिया