नेकपाको परामर्श बैठक सुरु, राष्ट्रिय सभाको निर्वाचनबारे छलफल


काठमाडौं, २२ पुष । नेपाली कम्युष्निट पार्टी (नेकपा) को परामर्श बैठक सुरु भएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा एकतामा सहभागी सम्पूर्ण घटकका नेताहरूको सहभागिता छ । संयोजक पुष्पकमल दाहाल र सह–संयोजक माधवकुमार नेपालले आज विहानमात्रै छलफल गरेका थिए ।

राष्ट्रिय सभाको निर्वाचनको लागि भोलि उम्मेदवारी दर्ताको समय तोकिएको छ । त्यसअघि नै नेपाली कांग्रेस र नेकपा (एमाले) सँगको तालमेलको विषयमा सहमतिमा पुग्ने र पार्टीले पाउने कोटाअनुसार उम्मेदवार चयन गर्नेगरि संयोजक प्रचण्ड सक्रिय भएका हुन् ।