काठमाडौं, १ माघ । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह झापा-५ बाट नै चुनावी प्रतिष्पर्धामा उत्रिने भएका छन । यो क्षेत्रमा ०७४, ०७९ मा एमाले अध्यक्ष केपी शर्मा ओली निर्वाचित भएका थिए । अहिलेपनि ओलीको एकल नाम एमालेले यही क्षेत्रबाट सिफारिश गरेको छ ।
झापाका रास्वपाका अध्यक्ष प्रकाश पाठकले निर्वाचन प्रयोजनको लागि दमकमा घर भाडामा लिएको जानकारी दिनेगरि तस्विर सार्वजनिक गरेका छन् । उनले सो घरको तस्विर साझा गर्दै उक्त स्थल ऐतिहासिक बन्ने भनेका छन् ।
२१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनको लागि बालेनले यही माघ ४ गते काठमाडौंको मेयरबाट राजीनामा दिने निधो भएको छ । उनी पहिलो कार्यक्रमको लागि भने मधेश प्रदेशको राजधानी जनकपुर झर्ने कार्यक्रम तय छ ।




प्रतिक्रिया