आज पत्रकार सम्मेलन गर्दै देउवा समूह


काठमाडौं, २ माघ । नेपाली कांग्रेसको देउवा समूहले आज दिउँसो पत्रकार सम्मेलन गर्ने भएको छ । पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको प्रमुख उपस्थितिमा समसामयिक राजनीतिक विषय र पार्टीका साङ्गठनिक गतिविधिबारे जानकारी दिन पत्रकार सम्मेलन गर्न लागिएको हो ।

गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति घोषणा गरेपछि देउवा समूहले पत्रकार सम्मेलन गर्न लागेको हो । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार आज दिउँसो दुई बजे केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन आयोजना गरिएको छ ।