काठमाडौं, माघ २ । नेपाली कांग्रेसका नेता डा.चन्द्र भण्डारीले आफ्नै घर भत्काएर जनताको विश्वास नजितिने बताएका छन्। आज बिहान सामाजिक सञ्जालमा लेख्दै उनले अनुशासन र जिम्मेवारीविना पार्टी र लोकतन्त्र सुरक्षित नहुने र त्यसले देशलाई समेत असुरक्षित बताउने तर्क गरेका छन ।
उनले कांग्रेसमा फुटको सन्दर्भमा लेख्दै ‘आफ्नै घर भत्काएर जनताको विश्वास जितिन्छ भन्ने भ्रम कसले रोप्योरु सत्य, अनुशासन र जिम्मेवारी विना न पार्टी बलियो हुन्छ, न मुलुक र न लोकतन्त्र सुरक्षित रहन्छ।’, भनेका छन्। उनले गालीलाई राजनीति ठान्ने प्रवृत्तिबाट मुलुक र राजनीतिक दल नबन्ने प्रतिक्रिया दिएका छन्। सत्य-असत्य छुट्याउन नसक्ने अस्था आउनु गम्भीर भएको उनको भनाई छ ।
‘आज चारैतिर विकृति मात्र देखिन्छ। आज एउटा गहिरो प्रश्न उब्जिएको छ । हाम्रो नेपाली पाठ्यक्रम र सामाजिक नैतिक शिक्षाको दिशा नै उल्टो त परेन रु’, भण्डारी लेख्छन्, ‘सत्य र असत्य छुट्याउने विवेक किन हराउँदै गयो रु सत्य नबुझी, जिम्मेवारी नबोकी, गालीलाई राजनीति ठान्ने रोगी प्रवृत्तिबाट न मुलुक बन्छ, न कुनै पार्टी।’




प्रतिक्रिया