काठमाडौं, माघ २ । गत बुधबार गगन थापा र विश्वप्रकाश शर्मा समूहले पार्टीको विशेष महाधिवेशनबाट नयाँ कार्य समिति चयन गरेपछि नेपाली कांग्रेसभित्रको विवाद चरम अवस्थामा पुगेको छ।
गगन पक्ष आगामी निर्वाचनमा आफ्नो आधिकारिकता कायम गर्न हिजो निर्वाचन आयोग पुगेपछि आज पार्टी सभापति शेरबहादुर देउवा समुहका नेताहरू निर्वाचन आयोगमा पुगेका छन्। देउवा पक्षका नेताहरू वैधानिकताका लागि आज बिहानै देखि कान्तिपथस्थित आयोगको कार्यालय पुग्नेक्रम जारी रहेको छ ।
पार्टीका नेता विमलेन्द्र निधि, रमेश रिजाल, श्याम घिमिरे, कल्याण गुरुङ, जीतजंग बस्नेतलगायतको समूह आयोगमा पुगिसकेका छन् उनीहरूले निर्वाचन आयुक्तलाई समेत भेट्ने छन्। यसैबिच, कांग्रेसको भातृ संगठन नेपाल तरुण दल बिहानैदेखि आयोग अगाडि धर्नामा बसेको छ। उनीहरूले आयोग घेर्ने समेत तयारी गरेका छन् ।




प्रतिक्रिया