काठमाडौं, २ माघ । नेपाली कांग्रेस विभाजनको कारण २१ फागुनको प्रतिनिधिसभाको निर्वाचन कार्यतालिका प्रभावित हुने चिन्ता आम नागरिकमा पैदा भएको छ। कांग्रेसको विवाद यतिवेला निर्वाचन आयोग पुगेको छ । विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमिति र संस्थापन शेरबहादुर देउवा पक्ष दुवै यतिवेला आधिकारिकताको दाबी गदै आयोगमा पुगेका छन् ।
आयोगले पनि निर्वाचनमा उममेदवारी दर्ताको समय नजिकिएकोले आज राति अबेरसम्म भएपनि निर्णय दिनेगरि तयारी गरेको छ । आज विहानैदेखि कांग्रेसको दुवै समूह आयोगमा पुगेर धर्ना तथा प्रदर्शन गरिरहेका छन् । अहिलेपनि दुवै पक्ष आयोगमा नारा जुलुशमा उत्रिएका छन् । दुवै समूहले विधान, ऐन र कानूनअनुसार आफ्नो पक्ष आधिकारिक भनेर दाबी गरिरहेको अवस्था छ । यस्तोमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलगायतका आयुक्तहरुले आज राति अबेरसम्म भएपनि निर्णय दिनेगरि अध्ययन थालेका छन् ।




प्रतिक्रिया