काठमाडौं, २ माघ । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलले तोकिएकै मितिमा प्रतिनिधिसभाको निर्वाचन हुने दाबी गरेका छन् । नेपाल कांग्रेसको विवादको कारण निर्धारित मितिमा चुनाव नहुने हो कि भन्ने आंशका बढिरहेको बेलामा सरकारको प्रवक्ताको यस्तो भनाई आएको हो ।
आज (शुक्रबार) मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा उनले सरकारले निर्वाचन तोकिएकै मितिमा गराउनको लागि सबै तयारी पूरा गरिसकेको बताउँदै यसतो दाबी गरेका हुन् । उनले भने,‘फागुन २१ भन्दा यताउता हुँदैन । सरकार त्यही तयारीमा छ । निर्वाचन गराउने सरकारले मात्र होइन । आयोग, दल र सरोकारवाला छन् । निर्वाचन आयोगको निर्णयहरू पर्खिउँ म यत्ति भन्छु ।’
आयोगले भने कांग्रेसको विवादको विषयमा आज नै निर्णय दिने भएको छ । अहिले संस्थापन शेरबहादुर देउवा पक्ष र गगन कुमार थापा नेतृत्वको कार्यसमितिले आ आफ्नो दाबी गरेर निर्वाचन आयोगमा निवेदन दिएका छन् । दुवै पक्षले चाँडो निर्णय दिन आयोगलाई दबाब दिएका छन् । आयोगका पदाधिकारीको बैठक अहिले जारी छ । उनीहरुले विधान, निर्वाचन ऐन, कानून अध्ययन गरेर आजै निर्णय दिने भएका छन् । file photo




प्रतिक्रिया