डा. अमरेशकुमार सिंहद्धारा रास्वपामा प्रवेशको घोषणा, माघ ५ गते जनकपुरको सभामा सहभागी हुने


काठमाडौं, २ माघ । पूर्व सांसद डा. अमरेशकुमार सिंह रवि लामिछाने नेतृत्वको रास्वपामा प्रवेश गरेको घोषणा गरेका छन् । उनले आफूले यही माघ ५ गते जनकपुरमा आयोजना गर्ने रास्वपाको कार्यक्रममार्फत उक्त पार्टीमा सहभागी भएर नयाँ राजनीतिक अध्यायको सुरु गर्न जानकारी गराएका हुन् । उनले देश र मधेशमा भ्रष्टाचार र कुशासनविरुद्ध लड्न र देश र मधेशको हित चाहनेहरुलाई यही अभियानमा जोडिन अपिल गरेका छन् ।

उनले लेखेका छन्-

यहि माघ ५ गते जगत जननी माता सिताको जन्मस्थल जनकपुरधाम मा हुने राष्ट्रिय स्वतन्त्र पार्टी को कार्यक्रम बाट आफ्नो नयाँ राजनितिक अध्यायको सुरुवात गर्दैछु। देश र मधेशमा रहेको भ्रष्टाचार कुशासन बिरुद हिजो स्वतन्त्र रहदा उठाएको आवाज अब अझ बुलन्द हुनेछ। साथै म लगायत देश र मधेशको हित चाहने मधेशमा शिक्षा स्वास्थ्य रोजगार र भौतिक पुर्वाधार को बिकास चाहने सम्पुर्ण आमाबुवा तथा दिदिबहिनी हरु लाई यसै कार्यक्रम मार्फत जुडन आव्हान गर्दछु। file photo