चुनाव लड्ने सञ्चारमन्त्री खरेलको घोषणा


काठमाडौं, ३ माघ । सुशीला कार्की नेतृत्वको सरकारका प्रवक्ता जगदीश खरेल चुनाव लड्ने भएका छन् । उनले आफू संसद्मा पुग्न आँतुर रहेको भन्दै २१ फागुनमा हुने निर्वाचनमा प्रतिष्पर्धा गर्ने घोषणा गरेका हुन् ।

आज ललितपुरको महालक्ष्मीस्थानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उने यस्तो बताएका हुन् । उनले भने,अबको चुनाव कहीँ न कहीँ प्रतिनिधित्व गरी लड्छु। संसदमा जाने मेरो चाहना छ। इच्छा छ ।”

खरेलनिकट उच्च स्रोतले जनाएअनुसार उनी रास्वपाबाट चुनाव लड्ने अन्तिम तयारीमा छन् । उनले ललितपुरको एक क्षेत्रबाट चुनाव लड्ने मन बनाएका छन् ।