देउवा समूह दबावमा, कांग्रेस (प्रजातान्त्रिक) बाट चुनावमा होमिने विकल्पमा पनि छलफल !


काठमाडौं, ३ माघ । नेपाली कांग्रेसको आधिकारिकता गगनकुमार थापा नेतृत्वको कार्यसमितिले पाएको छ । थापा समूहले आधिकारिकता प्राप्त गरेपछि शेरबहादुर देउवा समूह निर्वाचनको मुखमा बिलखबन्धनमा परेको छ । थापाकै नेतृत्व स्विकारेर चुनावमा होमिने वा छुट्टै दल खोलेर अघि बढ्ने भन्ने द्धिविधामा यतिवेला देउवा समूह पुगेको छ ।

निर्वाचन आयोगले निर्वाचनको कार्यतालिका प्रभावित हुनेगरि कुनै निर्णय नलिने भनिसकेको छ । अहिले समानूपातिकतर्फको मतपत्र छाप्न सुरु भइसकेको छ । पार्टीको आधिकारिकताको विवादको विषयमा देउवा समूह भोलि निर्वाचन आयोगको विरोधमा सम्भवतः अदालत जानेछ ।

आजको मितिसम्म दुवै समूहले अलग अलग केन्द्रीय कार्यसमितिको बैठक राखेका छन् । सभापति थापाले त आज र भोलिभित्रै पार्टी एक ढिक्का हुने दाबी गरेका छन् । तर, देउवाले हिजो साँझ र आज साँझसम्म लगातार आफ्नो टिमसँग छलफल गरेका छन्। उनी आवश्यक परे छुट्टै दलको रुपमा अघि बढ्ने मनशायमा पुगेको बताईन्छ ।

कतिपयले देउवा समूह थापा समूहमा समाहित नभए अब २१ फागुनको निर्वाचनको लागि माघ ६ गतेको लागि तोकिएको उम्मेदवारी दर्ताको लागि स्वतन्त्र उम्मेदवारी मात्रै विकल्प भनिएको छ । तर, देउवा भने धेरैखाले विकल्पमा छलफलमा छन् । उनले पहिले नै विभाजन गरेर खडा गरेको नेपाली कांग्रेस (प्रजातन्त्र) दलको नेताहरुसँग सम्वाद गरेको भनिएको छ । file photo