काठमाडौं, माघ ४ । निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता प्रदान गरेपछि रुष्ट बनेको शेरबहादुर देउवा पक्ष आयोगको निर्णय अस्वीकार गर्दै आज सर्वोच्च अदालत जाने भएको छ। शनिबार बसेको देउवा पक्षीय केन्द्रीय सदस्यहरूको बैठकले आयोगको निर्णय अस्वीकार गर्दै उक्त निर्णयविरुद्ध कानुनी र राजनीतिक प्रतिवाद गर्ने निर्णय गरेको थियो।
बैठकले आयोगको यो निर्णय ‘अवैधानिक’, ‘एकतर्फी’ र ‘दुषित मनसाय’ बाट प्रेरित भएको बताएको थियो। यसअघि शुक्रबार निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा समूहलाई पार्टीको आधिकारिकता दिएको थियो । आधिकारिकता पाएसँगै थापा समूहले पार्टी गतिविधि सुरु गरिसकेको छ। यद्यपि पार्टीको केन्द्रीय कार्यालय भने देउवा समूहले नै प्रयोग गरिरहेको छ।




प्रतिक्रिया