स्वतन्त्र राजावादी दाबी गर्ने स्वागत नेपाल राप्रपाबाट चुनाव लड्ने, झापा–२ मा उठ्ने तय


काठमाडौं, ४ माघ । आफूलाई स्वतन्त्र राजावादी दाबी गर्ने अधिवक्ता भद्रप्रसाद नेपाल ‘स्वागत नेपाल’ राप्रपाबाट चुनावी मैदानमा उत्रिने भएका छन् । उनी झापा–२ बाट निर्वाचन लड्ने तय भएको छ । नेपाल हालै राप्रपामा प्रवेश गरेका हुन् । यसअघि ०७९ को निर्वाचनमा स्वागत नेपाल यही क्षेत्रबाट चुनाव लडेका थिए ।

तर, त्यतिवेला उनी स्वतन्त्र लडेका थिए । एमालेका देवराज घिमिरेसँग पराजित भएका नेता नेपालले यसपटक भने राप्रपाबाट चुनावी प्रतिष्पर्धा गर्ने भएका हुन् । एमालेले भने यही क्षेत्रबाट घिमिरेलाई नै उम्मेदवार बनाएको छ । file photo