झापा पुगे ओली, बालेन पनि आजै जाने


काठमाडौं, ५ माघ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापा पुगेका छन् । उनी हवाइमार्गमार्फत भद्रपुर विमानस्थल हुँदै झापा पुगेका हुन् । आसन्न फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा ओली झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार बन्दै छन् ।

सोही क्षेत्रमा काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर बालेन्द्र शाहले पनि उम्मेदवारी दिने तयारी थालेका छन् । अहिले मेधश प्रदेशका चुनावी कार्यक्रममा रहेका बालेन केहीबेरमा झापा जाने बताइएको छ । जनकपुरमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी कार्यक्रमलाई सम्बोधन गरेर बालेन झापा जाने बताइएको छ ।

आसन्न फागुन २१ गतेको लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि मनोनयन दर्ता गराउने समय भोलि (माघ ६ गते) का लागि तोकिएको छ । झापा ५ मा नेपाली कम्युनिष्ट पार्टीले रञ्जित तामाङलाई उम्मेदवार बनाएको छ ।