काठमाडौं, ५ माघ । नेपाली कम्युनिष्ट पार्टीले सिराहा–४ मा पूर्व कानूनमन्त्री अजयशंकर नायक (अविनाश) लाई टिकट दिएको छ । नायकले आजमात्रै पार्टीको तर्फबाट सो क्षेत्रको लागि टिकट हात पारेका हुन् । उनी उम्मेदवारी मनोनयनकोलागि जिल्लातर्फ प्रस्थान् गरेका छन् ।
पार्टीका संयोजक पुष्पकमल दाहालकै रोजाईमा परेका नायकलाई जितको शुभकामनासहित टिकट प्रदान गरिएको प्रचण्डको सचिवालयले जनाएको छ । यो क्षेत्रमा जसपा नेपालले राजकिशोर यादवलाई अघि सारेको छ । जसपा नेपालबाट ०७९ को निर्वाचन जितेका डा. वीरेन्द्र प्रसाद महतो भने सिके राउत नेतृत्वको जनमत पार्टीबाट यही क्षेत्रमा पूनः मैदानमा उत्रिएका छन् ।
रोचक त के छ भने ०७४ को निर्वाचनमा भने यो क्षेत्रबाट अहिलेका जसपा नेपालका उम्मेदवार राजकिशोर यादव निर्वाचित भएका थिए । त्यतिवेला तत्कालिन माओवादी केन्द्रका अजयशंकर नायक पराजित भएका थिए ।




प्रतिक्रिया