वाम विश्लेषक हरि रोका नेकपाबाट खोटाङमा उम्मेदवार बने


काठमाडौं, ५ माघ । वाम विश्लेषक हरि रोका पनि यसपटकको निर्वाचनमा चुनावी मैदानमा उत्रिएका छन् । उनलाई प्रचण्ड नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीले खोटाङबाट उम्मेदवार बनाएको छ । प्रचण्डले रोकालाई जितको अग्रिम शुभकामना दिँदै टिकट प्रदान गरेका हुन् । यता, टिकट पाएका रोकाले पनि आफू चुनावी मैदानमा उत्रिएको प्रष्ट पारेका छन् ।

उनले भनेका छन्,‘पार्टीको सदस्य समेत नरहेको आफ्नै गाउँमा खेती किसानी गरेर जीविका चलाइरहेको एक स्वतन्त्र नागरिकलाई चुनाव चिन्ह ताराबाट चुनाव लड्न सम्मानसहित अवसर प्रदान गर्नु भएकोमा नेकपाका सम्पूर्ण र्याङ्क एन्ड फायलमा हार्दिक आभार व्यक्त गर्दछु।’

Skip This

Omoda E5 Pro