काठमाडौं, ५ माघ । आशिका तामाङ पनि अन्ततः रास्वपाबाटै चुनावी मैदानमा होमिने भएकी छिन् । उनलाई रास्वपाले धादिङ–१ बाट उम्मेदवार बनाएको छ । आज (सोमबार) रास्वपाको मुख्यालय घण्टीघरमा रास्वपाका नेता गणेश प्रसाद पराजुलीले आशिकालाई धादिङ–१ बाट टिकट दिएका हुन् ।
यसअघि उनी स्वतन्त्र रुपमा काठमाडौंको कुनै क्षेत्रबाट चुनाव लड्ने अनुमान गरिएको थियो । उनी आँफैले पनि काठमाडौं–२ र काठमाडौं–९ बाट चुनाव लड्नसक्ने भनेकी थिईन् ।




प्रतिक्रिया