काठमाडौं, माघ ६ । पूर्वप्रधामन्त्री शेरबहादुर देउवा आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने भएका छन। विसं २०४८ देखि हालसम्मका सबै निर्वाचनमा डडेलधुराबाट निर्वाचित हुँदै आएका उनी यसपटक भने उम्मेदवार नहुने उनको सचिवालयले जनाएको छ ।
देउवा २०४८ देखि २०७९ सम्म लगातार डडेल्धुराबाट निर्वाचित हुँदै आएका थिए । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगनकुमार थापा नेतृत्वको नयाँ कार्यसमिति आएपछि देउवाले आगामी निर्वाचन नलड्ने घोषणा गरेका हुन् । देउवाका स्वकीय सचिव भानु देउवाले सामाजिक सञ्जालमा लेख्दै उनले यसपटक चुनाव नलड्ने घोषणा गरेका छन ।
देउवाले २०४८, २०५१, २०५६, २०६४, २०७०, २०७४ र २०७९ मा भएका निर्वाचनमा प्रत्यक्षतर्फ लगातार डडेल्धुराबाट विजयी भएका थिए । २०६४ सालमा कञ्चनपुर ४ र २०७० मा देउवाले डडेल्धुराबाहेक कैलाली ६ बाट पनि चुनाव जितेका थिए । सातपटक लगातार निर्वाचन जितेका एक मात्र नेता देउवा पाँचपटक प्रधानमन्त्री भइसकेका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि आज प्रत्यक्षतर्फ मुलुकभर मनोनयन दर्ता हुँदैछ ।




प्रतिक्रिया