कमल थापाले काठमाडौं–५ बाट दर्ता गराए उम्मेदवारी, लोहनी पनि साथमै


काठमाडौं, ६ माघ । राप्रपाका शीर्ष नेता कमल थापाले पार्टीको तर्फबाट काठमाडौं–५ बाट उम्मेदवारी दर्ता गराएका छन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि थापाले उम्मेदवारी दर्ता गराएका हुन् । उनको उम्मेदवारी दर्ताको लागि डा. प्रकाशचन्द्र लोहनीपनि पुगेका थिए ।