बालेनले गराए झापा–५ बाट उम्मेदवारी दर्ता


काठमाडौं, ६ माघ । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले झापा–५ बाट उम्मेदवारी दर्ता गराएका छन् । समर्थकको ठूलो भीडसहित आफ्नो उम्मेदवारी दर्ताको लागि पुगेका बालेनले २१ फागुनमा हुने निर्वाचनको लागि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिष्पर्धा रोजेका हुन् ।

धेरैले बालेनले काठमाडौं–२ बाट चुनाव लड्ने अड्कलबाजी गरेका थिए । तर, उनी ओलीलाई पराजित गर्ने उद्घोषसहित झापा–५ पुगेका हुन् । बालेनले दमक नगरपालिका–८ स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफ्नो मनोनयन दर्ता गराएका हुन् । file photo