काठमाडौं, ६ माघ । नेपाली कांग्रेसका सभापति गगन थापाले आफूले चुनाव जित्दै आएको क्षेत्र काठमाडौं–४ बाट सचिन तिमल्सेनालाई उम्मेदवार बनाएका छन् । आफू भने सर्लाही–४ मा जाने भएका छन् । भर्खरै कांग्रेस संसदीय बोर्डले तिमल्सेनालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । तिल्सेना युथ कँग्रेसका अध्यक्ष हुन् ।
०७९ को निर्वाचनमा नै थापाले यो क्षेत्रमा डा. स्वर्णिम वाग्लेलाई टिकट दिन खोजेका थिए । तर, देउवाले गगनबाहेक अरुलाई टिकट नदिने भन्दै नैनसिंह महरलाई टिकट थमाएपछि अन्तिममा थापा काठमाडौंबाट नै चुनावी प्रतिष्पर्धामा होमिएका थिए । यसपटक भने उनी मधेश प्रदेशको सर्लाही क्षेत्र नम्बर ४ बाट उठ्ने पक्का भएको छ । यो क्षेत्रबाट रास्वपाले अमेरशकुमार सिंहलाई उम्मेदवार बनाएको छ ।




प्रतिक्रिया