काठमाडौं, ६ माघ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई जिस्काउँदा र बिच्काउँदा महँगो पर्ने चेतावनी दिएका छन् । आज (मंगलबार) झापा क्षेत्र नम्बर ५ मा एमालेका कार्यकर्ता र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताबीच झकेलाधकेल भएको थियो ।
सोही घटनालक्षित गर्दै ओलीले सञ्चारकर्मीहरुसँग भने, ‘एमालेलाई जिस्काउनु र बिच्काउनु महँगो पर्छ । त्यो कसैले पनि नगर्दा हुन्छ ।’
झपा क्षेत्र नम्बर ५ मा रास्वपाबाट बालेन्द्र शाहले उम्मेदवारी दिएका छन् । रास्वपाले बालेनलाई भावी प्रधानमन्त्रीको रुपमा अगाडि सारेको छ । भावी प्रधानमन्त्री र पूर्व प्रधानमन्त्रीबीचको चुनावी प्रतिस्पर्धालाई निकै रोचकतापूर्वक हेरिएको छ ।




प्रतिक्रिया