विशेष अदालतले भ्रष्टाचारको मुद्दामा डा. मिश्रासँग ५ लाख धरौटी माग्यो


काठमाडौं, ७ माघ । विशेष अदालतले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी पूर्वअतिरिक्त सचिव डा. संगिता मिश्रसँग ५ लाख धरौटी माग गरेको छ। बुधबार न्यायाधीश नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलालसले डा. मिश्रासँग ५ लाख धरौटी माग गरेको हो ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गत कार्तिक २ गते म्यामोग्राफी मेसिन खरिदमा ठूलो अनियमितता गरेको ठहर गर्दै स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक डा. कौशल मिश्रसहित १४ जनाविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो।

Skip This

Omoda E5 Pro