नेदरल्यान्ड्सले नेपाललाई दियो १४१ रनको लक्ष्य


काठमाडौं, ८ माघ । नेदरल्यान्ड्सले आईसीसी महिला टी– २० विश्वकपको ग्लोब क्वालिफायरमा नेपाललाई १४१ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङको रोजेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १४० रनको योगफल तयार पारेको थियो ।

नेदल्यान्ड्सका लागि कप्तान बाबेट डे लीडेले ४९, स्टेरे कलिसले ३०, रोबिन रिज्के अविजित १९, आइरिस ज्विलिङले अविजित १४ र हेदर सिजर्सले १३ रन बनाए । नेपालका लागि रुविना क्षेत्रीले २ तथा सोमु विष्ट, पूजा महतो र रिया शर्माले १–१ विकेट लिए ।