काठमाडौं, ८ माघ । झापा क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवारी दिएका पूर्व महान्यायाधिवक्ता डा.युवराज संग्रौलाले देशको अर्थतन्त्रलाई नयाँ आयाम र नयाँ बाटो दिनुपर्ने आवश्यकता भएकाले आफू राजनीतिमा आएको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा संवाद गर्दै डा.संग्रौलाले देशको अर्थतन्त्र अहिले थारो गाईजस्तो रहेको र यसले रोजगारी उत्पादन गर्न नसकेको बताए । झापा, पाँचथर, इलामलगायतका जिल्लाहरु धेरै सम्भावना बोकेको ठाउँ रहेको पनि उनले बताए ।
उनले वौद्धिक मान्छेहरु पनि राजीनीतिमा आउन आवश्यक रहेको बताए । दलहरुले जनतालाई विभाजित गरेको, सिर्जनात्मक र उत्पादनको माहौलतिर लान नसकेको, मानिसहरु उत्पादनमा सरिक हुनुभन्दा राजनीतिमा दिन विताउने जस्ता गलत काम भइरहेको उनले बताए । यसलाई तोडेर युवाहरुलाई उत्पादनतर्फ प्रेरित गर्नका लागि आफू राजनीतिमा आएको उनले बताए ।
आगामी १०/१५ वर्षको सक्रिय जीवनलाई रचनात्मक रुपमा प्रयोग गर्नका लागि आफू झापा क्षेत्र नम्बर २ बाट चुनाव लड्न लागेको उनले बताए । कसैसँग प्रतिस्पर्धा, गालीगलौज र एकथान सांसदको पद खोज्नका लागि मात्रै आफू राजनीतिमा नआएको उनले बताए ।




प्रतिक्रिया