काठमाडौं, ८ माघ । सर्लाही क्षेत्र नम्बर ४ का रास्वपाका उम्मेदवार डा. अमरेशकुमार सिंह आफ्ना अभिव्यक्तिका कारण चर्चामा छन् । उनी रास्वपामा प्रवेश गरेको दिन जनकपुरमा दिएको एउटा भाषणको कारण चर्चामा आएका हुन् ।
उनले यसपटक बालेन शाह प्रधानमन्त्री नबने जनकपुरको रणभूमीमा आत्मदाह गर्ने घोषणा गरे । धेरैले उनको उक्त घोषणालाई लिएर अपरिपक्व र कच्चा टिप्पणी भन्दै आलोचना गरेका छन् । यता, सर्लाही-४ बाट आफ्नो उम्मेदवारी दिएपछि भने उनले आफूसँग चुनावी प्रतिष्पर्धामा रहेका नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई हराउन नसके आत्महत्या गर्छु भनेर अर्को घोषणा गरे । उनका यस्ता अभिव्यक्तिको कारण उनी यतिवेला चर्चामा छन् ।
उनी अहिले चुनावी प्रचारप्रसारमा जनताको घरदैलोमा निस्किएका छन् । उनले यसपटक आफू जित सांसदमात्रै नभएर बालेन शाहको नेतृत्वमा बन्ने सरकारको सबभन्दा ठूलो मन्त्री बन्ने आश्वासन दिन थालेका छन् । मतदातालाई रिझाउन उनले आफू ठूलो मन्त्री बन्छु भन्दै गर्दा उनका कार्यकर्ताहरुले भने गृहमन्त्री बन्नुपर्छ भनेर सुझाएका छन् । त्यतिवेला भने उनले गृहमन्त्रालयको दाबी भने गरेनन् ।
यो क्षेत्रमा उम्मेदवारी दर्ता गराएका थापा अहिलेसम्म आफ्नो क्षेत्रमा पुग्न सकेका छैनन् । उनले उम्मेदवारीपनि वारेसमार्फत गराएका छन् । उनी पार्टीको टिकट वितरणमा व्यस्त भएको कारण आँफै उपस्थित् भएर मनोनयन गर्दा गराउन सकेनन् ।




प्रतिक्रिया