काठमाडौं, ८ माघ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टीको एकता जोगाउनको लागि आफूले मध्यमार्गी बाटो रोजेको बताएका छन् । आज (बिहीबार) मोरङ ६ स्थित सुन्दरहरैंचामा कांग्रेसका समर्थकहरुसँग कुराकानी गर्दै उनले आफू विशेष महाधिवेशनमा नगएर पार्टी विभाजन रोक्न महत्वपूर्ण भूमिका खेलेको बताए ।
त्यो बेलामा एउटा ग्रुप विशेष महाधिवेशन र अर्को नियमित महाधिवेशन भनेर हिँडे पनि आफूले मध्यमार्गी बाटो रोजेको बताउँदै उनले भने, ‘त्यसैले पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ ।’
आफू विशेष महाधिवेशनको हलमा गएको भए पार्टी दुई टुक्रा हुने निश्चित रहेको अवस्थामा त्यहाँ नगएको उनले बताए । ‘म त्यो हलमा गएको भए पार्टी दुई टुक्रा हुन्थ्यो,’– उनले भने ।
आफू विशेष महाधिवेशनको हलमा गएको भए पार्टी सभापति बन्ने अवसर पनि पाउने अवस्था रहेकोमा पार्टी दुई टुक्रा हुने निश्चित देखेपछि त्यहाँ नगएको उनले बताए । ‘त्यहाँ गएको भए म पार्टी सभापति म बन्थेँ, बन्दैनथे त्यो बेग्लै कुरा हो। तर, पार्टी दुई टुक्रा हुन्थ्यो,’– उनले भने ।




प्रतिक्रिया