ओखलढुंगामा अस्मिता थापालाई एकमत भएर जिताउन एमाले नेता यज्ञराज सुनुवारको भिडिओ अपिल


काठमाडौं, ८ माघ । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्व सांसद यज्ञराज सुनुवारले २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनको लागि ओखलढुंगामा पार्टीले योग्य र सक्षम महिला नेतृ अस्मिता थापालाई उम्मेदवार बनाएको भन्दै भारी मतले विजयी गराउन अपिल गरेका छन् ।

आज फेशबुकमार्फत एक भिडिओ अपिल जारी गर्दै सुनुवारले पार्टीका नेता तथा कार्यकर्ता, अध्यक्ष केपी शर्मा ओलीलगायतका नेतृत्व पँक्तिले युवा पुस्तालाई अघि बढाउने भनेर नै अस्मितालाई उम्मेदवार बनाएको दाबी गर्दै सिंगो जिल्लाका पार्टी कमिटी र पँक्तिलाई थापालाई जिताउनको लागि सक्रिय भूमिका खेल्न आग्रह गरेका छन् ।

जिल्लामा आफूले पनि नेतृत्वलाई अनुरोध गरेर नवपुस्तालाई नै प्रतिनिधिसभाको निर्वाचनमा अवसर दिनुपर्छ भनेको सुनुवारले स्पष्ट पारेका छन् । उनले अस्मिता केवल महिला र नवयुवामात्र नभएर एक सशक्त र होनहार उम्मेदवार रहेको बताए । उनले एमालेले अस्मिताको योगदानको मूल्यांकन गरेर नै उपयुक्त उम्मेदवारको रुपमा अघि बढाएको बताए । अहिले निर्वाचनको प्रचारप्रसारको क्रममा एमालेको पक्षमा व्यापक जनलहरसमेत देखिएको उनको दाबी छ । पार्टीका नेता तथा कार्यकर्तालाई दायाँबायाँ नसोचिकन थापालाई विजयी बनाउनको लागि सक्रिय भूमिका खेल्न पनि उनले अनुरोध गरेका छन् ।

Skip This

Omoda E5 Pro