काठमाडौं, ९ माघ । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले केन्द्रीय कार्यालयमा पद वहाल गरेपछि माइन्युटमा देश बदल्ने प्रतिबद्धता लेखेका छन् । उनले कांग्रेस बदलेको र अब देश पनि बदल्ने भनेर प्रतिबद्धता जनाएका हुन् ।
विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि आज पहिलोपटक पार्टी कार्यालय सानेपामा पुगेर पद बहाल गरेका थापाले देशको सम्मुनितमात्रै आफूहरुको ध्येय रहेको पनि लेखेका छन् । आजै बसेको केन्द्रीय र्कासमितिको बैठकले आगामी निर्वाचनमा सभापति थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ ।





प्रतिक्रिया