काठमाडौँ, ९ माघ । ग्रामीण जनजीवनका दृश्य समेटेर चित्रकार सम्राट जोशीले एकल चित्रकला प्रदर्शनी गरेका छन् ।
बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा उनको पाँच दिनदेखि निरन्तर चित्रकला प्रदर्शन गरिरहेका छन् । ‘एन ओड टू द भ्याली’ शीर्षकमा राखिएका उनका चित्रले रङ्गको सौन्दर्यसँगै गाउँले जीवनशैलीको महत्त्वलाई दर्शाएको छ भने काठमाडौँ उपत्यकाको वास्तुकला सम्पदा र यहाँको दैनिकीबारे पनि चित्र प्रस्तुत गरिएका छन् ।
प्रदर्शनी नेवार वास्तुकला चित्रित भित्ताहरूबाट लिइएको छ, जहाँ चित्रकला केवल सजावटी मात्र नभई दैनिक जीवनमा निहित एक अभिन्न सांस्कृतिक र अनुष्ठान अभ्यास रहेको चित्रकार जोशीको भनाइ छ ।
ग्यालरीका निर्देशक सङ्गीता थापाले जोशीका चित्रहरू द्रुत रूपमा फैलिएको सहरी रूपान्तरणमा गाउँले परिवेशको सौन्दर्य र नेपालीपनको गरिमा बढाउने बताए । उनले जोशीका चित्रहरूले परम्परागत शैलीको खोज, अनुसन्धान र नयाँ पुस्तालाई विगतको जीवनशैली अध्ययन गर्नसमेत सघाउ पु¥याउने धारणा राखे ।
जोशीको कला प्रर्दशनीमा प्रमुख अतिथि भएका रवीन्द्र पुरीले समकालीन कलात्मक अभ्यासलाई जोड दिँदै इतिहास, श्रमको महिमा कलामा समेटिनुपर्ने बताए । जोशीका चित्रले ग्रामीण जीवनको वैज्ञानिक अर्थसमेत महसुस गराउन सकेको उनको भनाइ छ ।
प्रदर्शनी आगामी फागुन छ (फेब्रुअरी १८) गतेसम्म जारी रहनेछ । रासस




प्रतिक्रिया